FAQs Complain Problems

समाचार

चन्द्रपुर नगरपालिकाकाे संक्षिप्त परिचय

हाल : चन्द्रपुर नगरपालिका (क्षेत्रफल तथा जनसंख्याकाे आधारमा राैतहट जिल्लाकै सबैभन्दा ठुलाे नगरपालिका)

साविककाे :  पाँच वटा गा.वि.स. चन्द्रनिगाहपुर,पाैराई,जुडिबेला, सन्तपुर र डुमरिया 

२०७८ काे जनगणना अनुसार              जम्मा घरधुरी : १६८२०

पुरुष जनसँख्या : ४०३०६                  महिला जनसँख्या : ४१५०३

जम्मा जनसँख्या : ८१८०७

चन्द्रपुर नगरपालिका साविकको पाँच वटा गाविसहरु चन्द्रनिगाहपुर, पौराइ, जुडीबेला, सन्तपुर र डुमरिया मिलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७०।०१।०१ को निर्णय अनुसार घोषणा गरिएको हो । पूर्वमा बाग्मती नदी र पश्चिममा धन्सार खोला, उत्तरमा चुरे लेक र त्यो माथि रहेको मकवानपुर जिल्ला तथा दक्षिणमा वृन्दावन, गुजरा र गरुडा नगरपालिका रहेको छ । यो नगरपालिका रौतहट जिल्लाकै जनसंख्या र क्षेत्रफलको आधारमा ठूलो नगरपालीका हो । चन्द्रसमशेर प्रधानमन्त्रि हुदाँ बस्नकाे लागी निगाहा (बक्सनु/दिनु) भएकोले यसको नाम चन्द्रनिगाहपुर रहन गएको भन्ने भनाई रहेको छ । त्यतिबेला राणाहरु तराई तीर सिकार खेल्न जादा यस क्षेत्रमा बस्ने गरेको पाईन्छ । जंग बहादुर तत्कालिन भिक्षाखोरी हालको अमलेखगञ्ज हुदै सिकार खेल्ने गरेको पाईन्छ । यस क्षेत्रमा २००७ सालको त्रान्ति पछि व्यापक रुपमा वन फँडानी भई मानव बस्ति बस्न थालेको पाईन्छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन भने क्षेत्रफल २४९.६ वर्ग कि.मि. रहेको छ । वि.स. २०७८ को जनगणना अनुसार १६८२० घरधुरी रहेकोमा पुरुष जनसँख्या ४०३०६ र महिलाको जनसँख्या ४१५०३ गरी जम्मा जनसँख्या ८१८०७ रहेको छ ।