चन्द्रपुर नगरपालिकाकाे संक्षिप्त परिचय

न्द्रपुर नगरपालिका साविकको पाँच वटा गाविसहरु चन्द्रनिगाहपुर, पौराइ, जुडीलेबा, सन्तपुर र डुमरिया मिलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७०।०१।०१ को निर्ण अनुसार घोषणा गरिएको हो । पूर्वमा बाग्मती नदी र पश्चिममा धन्सार खोला, उत्तरमा चुरे लेक र त्यो माथि रहेको मकवानपुर जिल्ला तथा दक्षिणमा वृन्दावन, गुजरा र गरुडा नगरपालिका रहेको छ । यो नगरपालिका रौतहट जिल्लाकै जनसंख्या र क्षेत्रफलको आधारमा ठूलो नगरपालीका हो । चन्द्रसमशेर प्रधानमन्त्रि हुदाँ बस्नेको लागी निगहा (बक्सनु/दिनु) भएकोले यसको नाम चन्द्रनिगाहपुर रहन गएके भन्ने भनाई रहेको छ । त्यतिबेला राणाहरु तराई तीर सिकार खेल्न जादा यस क्षेत्रमा बस्ने गरेको पाईन्छ । जंग बहादुर तत्कालिन भिक्षाखोरी हालको अमलेखगञ्ज हुदै सिकार खेल्ने गरेको पाईन्छ । यस क्षेत्रमा २००७ सालको त्रान्ति पछि व्यापक रुपमा वन फँडानी भई मानव बस्ति बस्न थालेको पाईन्छ । यस नगरपालिकामा १० वटा वडाहरु रहेका छन भने क्षेत्रफल २४९.६ वर्ग कि.मि. रहेको छ । वि.स. २०६८ को जनगणना अनुसार १३४४५ घरधुरी रहेकोमा पुरुष जनसँख्या ३५८५८ र महिलाको जनसँख्या २३२०१ गरी जम्मा जनसँख्या ७२०५९ रहेको छ ।